स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन तोक्छ : सचिव पौडेल

काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर हुने बताएका छन् । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै उनले प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय समितिको जिम्मेवारी पहिलेकै अवस्थामा रहने जानकारी दिएका हुन् ।
उनले फेरबदल गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा जिम्मेवारी तोकिने बताए । ‘प्रदेश इन्चार्ज स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूको जिम्मेवारी पहिलेकै हुने तर आवश्यक हेरफेर गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा गर्ने भन्ने छ,’ उनले भने
त्यसपछि विधान अधिवेशन गर्ने र पार्टीलाई फेरि पुनर्गठन गर्ने अभियानमा लाग्ने पौडेलले बताए । पुस २८ गते बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन विधान अधिवेशनसम्म यथावत् कायम गर्ने निर्णय गरेको थियो ।
जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने र कतिपय जिम्मेवारीहरू फेरबदल गर्नुपर्ने भएमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकले गर्ने भनिएको थियो । यसअघि साउन तेस्रो साता केन्द्रीय समिति बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर
-
प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई
-
युजवेन्द्रले ह्याट्रिक लिँदा बनेका रेकर्ड
-
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न