स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन तोक्छ : सचिव पौडेल
काठमाडौँ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी स्थायी समिति बैठकबाट प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर हुने बताएका छन् । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै उनले प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय समितिको जिम्मेवारी पहिलेकै अवस्थामा रहने जानकारी दिएका हुन् ।
उनले फेरबदल गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा जिम्मेवारी तोकिने बताए । ‘प्रदेश इन्चार्ज स्थायी समितिले तोक्ने, जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूको जिम्मेवारी पहिलेकै हुने तर आवश्यक हेरफेर गर्नुपरेमा प्रदेश इन्चार्ज र प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूको सहमतिमा गर्ने भन्ने छ,’ उनले भने
त्यसपछि विधान अधिवेशन गर्ने र पार्टीलाई फेरि पुनर्गठन गर्ने अभियानमा लाग्ने पौडेलले बताए । पुस २८ गते बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरूको कार्यविभाजन विधान अधिवेशनसम्म यथावत् कायम गर्ने निर्णय गरेको थियो ।
जिल्ला इञ्चार्ज र अन्य केन्द्रीय सदस्यहरूलाई अभियानभन्दा पहिलेको यथास्थानको जिम्मेवारीमा पठाउने र कतिपय जिम्मेवारीहरू फेरबदल गर्नुपर्ने भएमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको बैठकले गर्ने भनिएको थियो । यसअघि साउन तेस्रो साता केन्द्रीय समिति बैठकले इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण