अष्ट्रेलियाले रोक्यो गोल्डन भिसा
सिड्नी । अष्ट्रेलियाले गोल्डन भिसामा आवेदन लिन बन्द गरेको छ । अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डन भिसा दिँदै आएको थियो ।
अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने योजनाको हिस्सा अन्तर्गत यो कदम चालिएको हो । अहिलेका लागि यो भिसामा सबै आवेदन रोकिएको छ । सरकारले अध्यागमन प्रणालीको कयौँ पक्षमा परिवर्तन गर्न खोजिरहेको छ ।
गृह मामिला मन्त्री क्लेर ओ’निलले बताएअनुसार गोल्डन भिसामा लगाइएको रोक पनि यसैको एउटा पाटो भएको बताएका छन् । अति धनाढ्यहरुले यस्तो खालको भिसाको दुरुपयोग गरेको र देशहरुलाई यसबाट लाभ नभएको भन्दै अष्ट्रेलियाको गोल्डन भिसा जस्तै खालका अन्य लगानी भिसाहरुको विश्वभर आलोचना भइरहेको छ । यसमा एउटा मुख्य समस्या चाँहि अधिकांश लगानी उत्पादनमुलक क्षेत्रमा भन्दा पनि घरजग्गाको क्षेत्रमा जाने गरेको छ ।
गोल्डन भिसाले देश र अर्थतन्त्रलाई चाहिएको अध्यागमन प्रणालीको विकास नगरेको वर्षौदेखि प्रष्ट भएको ओ’निलले विज्ञप्तिमा भनेका छन् । आप्रवासीहरुको आगमन घटाएर कोभिड पूर्वकै स्तरमा ल्याउन डिसेम्बरमाm अष्ट्रेलिया सरकारले नयाँ अध्यागमन नीति सार्वजनिक गरेको थियो ।
यसमा विद्यार्थी भिसाको दुरुपयोगमा कडाइ गर्ने र अर्थतन्त्रमा देखिएको अन्तर पुर्न दक्ष सिप भएका आप्रवासीहरुलाई आकर्षित गर्ने योजना थियो । सामेबार अष्ट्रेलियाको एउटा पत्रिकाले ‘सिग्निफिकेन्ट भिसा श्रेणी’ खारेज गरिने समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण