मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

जनमत बाहिरिएपछि के हुन्छ मधेस प्रदेश सरकार ?

मङ्गलबार, ०९ माघ २०८०, १७ : ५८
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपनि मुख्यमन्त्री सरोज यादवलाई बहुमत कायमै छ । मंगलबार जनमतका मन्त्रीले पदबाट राजीनामा दिँदै जनता समाजवादीका मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री थिए । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनमा बुझाएका छन् । जनमत सरकारबाट बाहिरिएपनि मधेस प्रदेशमा सत्ता समीकरणमा कुनै समस्या छैन । कुल १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।

मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपाका १८, माओवादीका ८, लोसपाका ९ र एकीकृत समाजवादीको ७ गरी ६४ सांसदको समर्थन छ । यता सरकार बाहिर रहेको एमालेका २४ सांसदको पनि यादवलाई समर्थन छ ।

गत जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका मुख्यमन्त्री यादवले १०३ जना सांसदको समर्थन पाएका थिए । त्यसमध्येबाट जनमतका १३ जनाको मात्र समर्थन फिर्ता भएको छ । ९० जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई अझै कायम छ । 

मधेस प्रदेशको अंगणित अनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेसम्म मुख्यमन्त्री यादवको पद सुरक्षित देखिन्छ ।

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप