थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतको अस्वीकार
काठमाडौँ । हङकङबाट ब्रेक प्याडमा लुकाइछिपाई ल्याएको ६० किलो सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ ।
बुधवार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले १२ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । अवैध सुन तस्करी प्रकरणमा थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ लगायतका १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अदालतको आदेशमा उल्लेख छ ।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार अदालतले ६ जनासँग भने धरौटी लिई मुद्दाको पुर्पक्ष गर्न सक्ने आदेश दिएको छ । ६० किलो अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये काठमाडौँ जिल्ला अदालतले २०८० असोज १९ गते १८ जनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको थियो ।
काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको रहेको र आफूहरू थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै निवेदन लिई उच्च अदालत पुगेका मध्ये दावा छिरिङ, टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्र कुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दको हकमा काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश दिएको हो ।
थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाउँ भनी निवेदन दिएकामध्ये कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट अदालतले जनही एक लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यसैगरी थुनामा रहेका प्रतिवादीहरू गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने प्रतिवादीहरू सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
हेर्नुहोस् अदालतको आदेश–






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण