राष्ट्रियसभा मतदानस्थलमा सूर्यदर्शन सहकारी पीडितको धर्ना
बिहीबार, ११ माघ २०८०, ११ : ५२

पोखरा । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत पोखरामा जारी मतदानको मतदानस्थलमा सहकारी पीडितले धर्ना दिएका छन् । सूर्यदर्शन सहकारीका पीडितहरूले मतदानस्थल नजिकै धर्ना दिएका हुन् ।
उनीहरुले राजनीतिक व्यक्तिहरूका कारण बचतकर्ताहरू ठगिएका भन्दै बचत फिर्ताको माग गरेका छन् । ‘हाम्रो बचत फिर्ता हुनुपर्यो । पक्राउ पर्न बाँकीलाई पनि पक्राउ गर्नुपर्यो,’ सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हाम्रो बिचल्ली भएको छ ।’
नीति निर्माण गर्न जानेहरूले नै सहकारी पीडितको पीडा नबुझेका भन्दै उनले पीडकलाई राजनीतिक संरक्षण दिन नहुने बताए । नेताहरूको ध्यानाकर्षण गराउन निर्वाचन स्थलमा धर्ना बसेको उनीहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू
-
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ
-
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
-
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : धनराज गुरुङ
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान