राष्ट्रियसभा मतदानस्थलमा सूर्यदर्शन सहकारी पीडितको धर्ना
बिहीबार, ११ माघ २०८०, ११ : ५२
पोखरा । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत पोखरामा जारी मतदानको मतदानस्थलमा सहकारी पीडितले धर्ना दिएका छन् । सूर्यदर्शन सहकारीका पीडितहरूले मतदानस्थल नजिकै धर्ना दिएका हुन् ।
उनीहरुले राजनीतिक व्यक्तिहरूका कारण बचतकर्ताहरू ठगिएका भन्दै बचत फिर्ताको माग गरेका छन् । ‘हाम्रो बचत फिर्ता हुनुपर्यो । पक्राउ पर्न बाँकीलाई पनि पक्राउ गर्नुपर्यो,’ सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हाम्रो बिचल्ली भएको छ ।’
नीति निर्माण गर्न जानेहरूले नै सहकारी पीडितको पीडा नबुझेका भन्दै उनले पीडकलाई राजनीतिक संरक्षण दिन नहुने बताए । नेताहरूको ध्यानाकर्षण गराउन निर्वाचन स्थलमा धर्ना बसेको उनीहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण