शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने

बिहीबार, ११ माघ २०८०, १२ : ०७
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । फिल्म र फिल्मकर्मीको विकासको उद्देश्यले गठन भएको हो नेपाल चलचित्र विकास बोर्ड । त्यसैले पनि चलचित्र र चलचित्रको बिकासका लागि यसले विभिन्न क्रियाकलाप गर्दै आएको छ । 

यस्तैमा नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी बोर्डले कार्यशाला आयोजना गर्ने जानकारी दिँदै त्यसमा सहभागीका लागि १५ दिन भित्रमा आवेदन दिन आह्वान गरेको छ ।

बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन गर्न लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल मार्फत आवेदन पेस गर्न सक्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप