चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने
बिहीबार, ११ माघ २०८०, १२ : ०७
काठमाडौँ । फिल्म र फिल्मकर्मीको विकासको उद्देश्यले गठन भएको हो नेपाल चलचित्र विकास बोर्ड । त्यसैले पनि चलचित्र र चलचित्रको बिकासका लागि यसले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
यस्तैमा नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी बोर्डले कार्यशाला आयोजना गर्ने जानकारी दिँदै त्यसमा सहभागीका लागि १५ दिन भित्रमा आवेदन दिन आह्वान गरेको छ ।
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन गर्न लागेको हो । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल मार्फत आवेदन पेस गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण