कहाँ निर्यात हुन्छ नेपाली यार्सागुम्बा ?

काठमाडौँ । नेपालबाट विभिन्न मुलुकमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट ५८ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको १ हजार १ सय ६९ किलो यार्सागुम्बा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
कम्बोडियामा ५० किलो यार्सागुम्बा निर्यात गर्दा ३ करोड ४६ लाख ५० हजार रुपैयाँको आर्जन भएको छ । यस्तै, चीनमा ५ सय २७ किलो यार्सागुम्बा निर्यात हुँदा २१ करोड ७१ लाख ९३ हजार रुपैयाँ निर्यात भएको छ । यस्तै, हङकङमा ३ सय ९५ किलो यार्सागुम्बा निर्यात गर्दा २५ करोड ९७ लाख ८५ हजार रुपैयाँ आर्जन भएको छ ।
यस्तै, मलेसियामा ३३ लाख ६५ हजार रुपैयाँ बराबर रकमको १२ किलो यार्सागुम्बा निर्यात भएको छ । यस्तै, सिंगापुर २० किलो यार्सागुम्बा निर्यात भएको छ । सो बराबर १ करोड ५४ लाख २० हजार रुपैयाँ भित्रिएको छ ।
बेलायतमा १९ किलो यार्सागुम्बा निर्यात गर्दा ९५ लाख ६६ हजार रुपैयाँ आर्जन भएको छ । अमेरिकामा ७२ लाख १४ हजार रुपैयाँ बराबर ११ किलो यार्सागुम्बा निर्यात भएको छ । भियतनाममा ३ करोड ६ लाख ३५ हजार रुपैयाँ बराबर १ सय ३२ किलो यार्सागुम्बा निर्यात भएको छ । अन्य विभिन्न मुलुकमा ९ लाख २२ हजार रुपैयाँ बराबर ३ किलो यार्सागुम्बा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
-
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
-
रास्वपालाई घाँडो हुँदै संसद्को आन्दोलन !
-
ग्राहक सङ्ख्या बढाउन इन्टरनेट कम्पनीको प्रतिस्पर्धा : कसको ग्राहक कति ?
-
संसद् अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छ : प्रचण्ड