सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा नाटक ‘द जू स्टोरी’

तस्बिरमा नाटक ‘द जू स्टोरी’

बिहीबार, ११ माघ २०८०

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ मञ्चन भएको छ । अमेरिकन नाटककार एडवर्ड अल्बीको नाटकलाई द वर्ड थिएटर नेपालले नेपाली भाषामा रूपान्तरण गरेको हो ।  नाटकलाई सजग रानाले  निर्देशन गरेका छन् ।

नाटकमा एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित दुई विम्ब प्रतिको लैंगिक पहिचान नाटकमा देखाउन खोजिएको छ । द वर्ड थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक सोमबार बाहेक साताको प्रत्येक दिन अपराह्न ४ बजे मञ्चन हुनेछ। 

शनिबार भने दिउँसो साढे १२ बजे र ४ बजे गरी दुई शो हुने जनाइएको छ । नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठले अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया