स्पर्सलाई हराउँदै सिटी अर्को चरणमा
शनिबार, १३ माघ २०८०, ०६ : ०३
लण्डन । नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले टोटनह्याम हटस्पर्सलाई हराउँदै एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । स्पर्सको घरेलु मैदानमा ६ वटा प्रयासमा सिटीले पहिलोपटक जीत हासिल गरेको हो ।
यसअघि सिटीले स्पर्सको मैदानमा लगातार पाँच हार बेहोरेको थियो । शुक्रबार राति भएको खेलमा पनि सिटीले थुप्रै अवसर गुमाएपछि खेल बराबरीतर्फ अग्रसर बनेको थियो । तर आकेले ८८ औँ मिनेटमा गोल गर्दै टोलीलाई जीत दिलाए ।
शुक्रबार नै भएका अन्य खेलमा ब्रिस्टर सिटी र नटिङह्याम फरेस्ट तथा चेल्सी र एस्टन भिल्ला गोलरहित बराबरीमा रोकिए । त्यस्तै, सेफिल्ड वेडनस्डे र कोभेन्ट्रीले पनि १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण