बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

अवैध क्रिप्टो करेन्सी प्रकरण : पक्राउ परेका ५ जनामध्ये ४ जेल चलान

आइतबार, १४ माघ २०८०, २३ : ०४
आइतबार, १४ माघ २०८०

काठमाडौँ । अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो । 

अदालतले झनिन्द्र प्रसाद खतिवडा बाहेक प्रतिवादीहरू रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश छ । 

रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो । 

रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो । 

सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप