अवैध क्रिप्टो करेन्सी प्रकरण : पक्राउ परेका ५ जनामध्ये ४ जेल चलान
काठमाडौँ । अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो ।
अदालतले झनिन्द्र प्रसाद खतिवडा बाहेक प्रतिवादीहरू रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश छ ।
रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो ।
रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।
सीआइबीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले माघ ७ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण