सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा आचरण उल्लङ्घनका १ लाख घटनाको अनुसन्धान

आइतबार, १४ माघ २०८०, २२ : ३७
आइतबार, १४ माघ २०८०

बेइजिङ । चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७  घटनाको छानबिन गरिएको आइतबार जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख ५३ हजार ६६२  जनालाई कारवाही गरिएको छ ।

गत वर्ष जिम्मेवारी पूरा गर्न नसकेको, कर्तव्य पालना गर्न नचाहने र आर्थिक तथा सामाजिक विकासको सेवा तथा पारिस्थितिकी वातावरणको संरक्षणमा मनमानी वा जालसाजी गर्ने ३९ हजार ७ सय ८१ मुद्दाहरूमाथि अनुसन्धान गरिएको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप