शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शहीदहरूको सङ्घर्ष र त्यागको मर्मलाई सदैव आत्मसात् गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

मङ्गलबार, १६ माघ २०८०, ०७ : ४१
मङ्गलबार, १६ माघ २०८०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शहीदहरूको सङ्घर्ष र त्यागको मर्मलाई सदैव आत्मसात् गर्नुपर्ने बताएका छन् । मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुति दिनुहुने वीर शहीदहरुलाई एक दिन मात्र सम्झिएर उनीहरुले देखेको सपना साकार पार्न नसकिने बताए । 

'शहीदहरूका सपना साकार पार्न र उहाँहरूले देखाउनुभएको मार्गमा हिँड्नका लागि प्रण गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनुपर्दछ ।' प्रमुख शर्माले भने ।

नेपालका वीर सपुतहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन तथा बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको र हामीले प्राप्त गरेका उपलब्धिहरू वीर सपुतहरूकै बलिदानबाट सम्भव भएको उनले बताए ।

प्रमुख शर्माले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप