शहीदहरूको सङ्घर्ष र त्यागको मर्मलाई सदैव आत्मसात् गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शहीदहरूको सङ्घर्ष र त्यागको मर्मलाई सदैव आत्मसात् गर्नुपर्ने बताएका छन् । मंगलबार माघ १६ मा सहिद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुति दिनुहुने वीर शहीदहरुलाई एक दिन मात्र सम्झिएर उनीहरुले देखेको सपना साकार पार्न नसकिने बताए ।
'शहीदहरूका सपना साकार पार्न र उहाँहरूले देखाउनुभएको मार्गमा हिँड्नका लागि प्रण गर्ने दिनका रूपमा आजको दिनलाई सम्झनुपर्दछ ।' प्रमुख शर्माले भने ।
नेपालका वीर सपुतहरूले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन तथा बलिदानको सम्मानमा सहिद दिवस मनाउँदै आइएको र हामीले प्राप्त गरेका उपलब्धिहरू वीर सपुतहरूकै बलिदानबाट सम्भव भएको उनले बताए ।
प्रमुख शर्माले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, समानता, नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण