आर्थिक तथा वित्तीय विषयमा संयुक्त अध्ययन गर्नेगरी बैंकर्स सङ्घ र केयूबिच सम्झौता
काठमाडौँ । नेपाल बैंकर्स सङ्घ र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्याङ्कमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्यसहित सङ्घ र केयूबिच सम्झौता भएको हो ।
साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध वित्तीय तथा शैक्षिक कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्यसमेत सो सम्झौतामा लिइएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नसिप अवसरको लागि पनि बैंकसँग सहकार्य हुने सम्झौतामा उल्लेख गरिएको छ ।
यस सहकार्यले विश्वविद्यालय र सङ्घको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । सम्झौता पत्रमा सङ्घका तर्फबाट अध्यक्ष श्री सुनिल केसी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा.विजय केसीले संयुक्त हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण