उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्नेलाई कारबाही गर्न माग
काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ ।
डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रतिष्ठानको वर्तमान परिस्थिति र समस्याको समाधानको लागी एक आपसमा छलफल ,संवाद र सहमतिबाट निकास निकाल्ने विषयलाई लिएर वार्तामा बसिरहेको अवस्थामा चिकित्सक माथि नै कालोमोसो लगाउन प्रयास गरिएको प्रति यस संघले घोर भर्त्सना र निन्दा गर्दछ ।’
तिवारीले नेपाल सरकार मातहतका सुरक्षा निकायले नेपाल सरकारको प्रचलित कानुन बमोजिम सम्पूर्ण दोषीहरुलाई अविलम्ब छानबिन गरी कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण