बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्नेलाई कारबाही गर्न माग

मङ्गलबार, १६ माघ २०८०, २० : १५
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ ।  

डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रतिष्ठानको वर्तमान परिस्थिति र समस्याको समाधानको लागी एक आपसमा छलफल ,संवाद र सहमतिबाट निकास निकाल्ने विषयलाई लिएर वार्तामा बसिरहेको अवस्थामा चिकित्सक माथि नै कालोमोसो लगाउन प्रयास गरिएको प्रति यस संघले घोर भर्त्सना र निन्दा गर्दछ ।’

तिवारीले नेपाल सरकार मातहतका सुरक्षा निकायले नेपाल सरकारको प्रचलित कानुन बमोजिम सम्पूर्ण दोषीहरुलाई अविलम्ब छानबिन गरी कानुनी कारबाही गरी  सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप