पनौतीको वृद्धाश्रमका लागि काठमाडौँमा महायज्ञ
काठमाडौँ । आगामी माघ २० गतेदेखि २६ गतेसम्म काभ्रेको पनौतीमा रहेको माइती वृद्धाश्रमका लागि काठमाडौँको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक एवं वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले जानकारी दिए ।
आलोकनगर मार्ग टोल सुधार समिति र आमा अभियान नेपालको विशेष सहयोगमा हुन लागेको सो महायज्ञमा स्वामी सुधाकरजीको नेतृत्वमा प्रवचन गर्ने कार्यक्रम रहेको छ । काभ्रेको ऐतिहासिक नगरी एवं रोशी र रुद्रावती नदीको संगमस्थल हरेक १२ वर्षमा मकर मेला हुने पवित्र तीर्थस्थल त्रिवेणी धामसँगै २०६६ सालको माघमा स्थापना भएको वृद्धाश्रममा हाल ३५ वृद्ध वृद्धा र ६ अनाथ बालबालिकासहित ४१ जना आश्रित छन् ।
वृद्ध वृद्धाको बढ्दो संख्यासँगै सुत्ने कोठा, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलाप गर्ने कोठा, खेलमैदान, पुष्पवाटिका लगायतको अपुग भएपछि अर्को वृद्ध र अपांगमैत्री भवन निर्माणार्थ महायज्ञ आयोजना गरिएको संयोजक तिमल्सिनाले जानकारी दिए ।
महायज्ञ मूल समारोह समितिका सह–संयोजक एवं आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेलले पनौतीमा वृद्धाश्रमको अवलोकन गरेर त्यहाँ पूर्वाधार लगायतका अन्य सहयोग आवश्यक देखिएकोले महायज्ञ गर्न अग्रसर भएको बताए । महायज्ञ समारोहका सदस्य–सचिव गोविन्द गौतमले वृद्ध वृद्धाको सेवाको पुण्य कामका लागि काठमाडौँको शान्ति नगरमा महायज्ञको आयोजना गरिने लागेको र यसले मानवीय सेवामा ठुलो धर्म प्राप्ति हुने बताए ।
महायज्ञका लागि आमा अभियान नेपालका महिला पनि सक्रिय भएका छन् । आमा अभियान नेपालका अध्यक्ष सरस्वती दाहालले महायज्ञ सफल पार्नका लागि स्थानीय महिला सक्रिय भएको र महायज्ञले धेरै वृद्ध वृद्धाको सुखी जीवनका लागि सहयोग गर्ने बताए ।
शान्तिनगरस्थित सिद्धेश्वर माविसँगको खाली जग्गामा आयोजना गरिने महायज्ञबाट सङ्कलित रकम थप वृद्धाश्रम निर्माणका लागि हाल आश्रित रहेका वृद्ध वृद्धाको पालन पोषणका लागि खर्च गरिने भएकोले मूल समारोह समितिले सम्पूर्णमा महायज्ञमा सहभागी भई सहायता गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण