३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान
काठमाडौँ । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् ।
‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए ।
२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले त्यही भवनमा आयोगले उनीसँग बयान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण