पर्सामा सय ग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०० ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेललाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई आएको विशेष सूचनाका आधारमा चलाइएको छड्के जाँचका क्रममा वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डबाट तीनै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

रामबली महतोको ज्याकेट खल्तीबाट ५० ग्राम र मनोहर महतोको खल्तीबाट ५० ग्राम खेरौ हेरोइन फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीहरूको ज्याकेटको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेको प्रहरी भनाइ छ ।
पक्राउ परेका तिनै जनामाथि लागु औषध सम्बन्धीको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण