मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

डीन एल्गरको आरोप - कोहलीले ममाथि थुके

बुधबार, १७ माघ २०८०, १५ : १८
बुधबार, १७ माघ २०८०

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान डीन एल्गरले टेस्ट म्याचमा भारतीय ब्याट्सम्यान विराट कोहलीले आफूमाथि थुकेको दाबी गरेका छन् । एल्गरले विराटलाई जवाफमा कुट्ने धम्की पनि दिएका थिए ।

दुई वर्षपछि, रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) टीमका साथी एबी डिभिलियर्सले भनेपछि उनले एल्गरसँग माफी मागेका थिए। एल्गरले सोमबार एक पोडकास्टमा यो खुलासा गरेका हुन्। 

एल्गरले कुन वर्ष यो घटना भएको भनेर खुलाएनन् तर यो घटना २०१५ मा दक्षिण अफ्रिकाको भारत भ्रमणको क्रममा भएको अनुमान गरिएको छ । त्यतिबेला उनको कोहली र आर अश्विनसँग झगडा भएको थियो।

एल्गरले भने, ‘जब म ब्याटिङमा आएँ र अश्विनले बलिङ गरिरहेका थिए । त्यस क्रममा विराट कोहलीले ममाथि थुकेका थिए । मैले उसलाई भने कि यदि तिमीले यस्तो गर्‍यौ भने म तिमीलाई यो ब्याटले हिर्काउने छु ।’

एल्गरले खुलासा गर्दै भने- डिभिलियर्सले जब कोहलीले के गरेको थाहा पाए, उनी कोहली कहाँ गए र सोधे, ‘तिमीले मेरो टिममेटलाई किन थुकेको ?'

‘दुई वर्षपछि दक्षिण अफ्रिकामा उनले मलाई फोन गरे र सिरिजपछि मसँग बाहिर खान जाने प्रस्ताव गरे। कोहलीले यस कार्यका लागि माफी माग्न चाहेको पनि बताए,’ एल्गरले भने ।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप