सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण
बुधबार, १७ माघ २०८०, १६ : २५
कोलालम्पुर । सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबिच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् ।
पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् ।
प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए ।
उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि उनको नियुक्ति भएको हो ।
मलेसिया संवैधानिक राजतन्त्रात्मक मुलुक हो । यहाँ नौ सुल्तान वा शासकहरू छन् । उनीहरूले आ–आफ्नो राज्यको नेतृत्व गर्छन् र पाँच वर्षको कार्यकालका लागि पालैपालो राजा बन्ने प्रावधान मलेशियाको संविधानले व्यवस्था गरेको छ ।-(सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण