सोलुखुम्बुमा ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ आयोजना हुने
काठमाडौँ । सोलुखुम्बुमा आयोजना गरिने ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ को मिति घोषणा गरिएको छ । उक्त म्याराथन मुन स्टार क्लबको वार्षिक उत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा सञ्चालन हुने जानकारी बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
सोलुखुम्बु जिल्लाको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धधनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गरिएको जानकारी आयोजक क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्रबहादुर राईले दिए ।
सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीदेखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका–२ बासाखाली माध्यमिक विद्यालय (खालीडाँडाँ)मा पुगेर सकिने जानकारी क्लबका अध्यक्ष भुवन सिंह राईले दिए । उक्त म्याराथनमा १६ वर्षभन्दा माथिका स्वदेशी तथा विदेशी महिला र पुरुषले सहभागिता जनाउन पाउने छन् ।
ट्रेल म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार स्वरुप पाँच/पाँचजना धावकलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
सोही दिन स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले महिला÷पुरुष ‘मातृभूमि म्याराथन’को समेत आयोजना गरिने जानकारी मुन स्टार क्लबका सचिव पूर्ण राईले दिए । खुम्बु पासाङल्हमू गाउँपालिका–१ खरिखोलादेखि सुरु हुने उक्त म्याराथन जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटर दूरीको हुनेछ ।
महिला र पुरुष गरी दुई विधामा हुने उक्त म्याराथनको विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङले विश्वशान्तिको कामनासहित आयोजना गरिने ट्रेल म्याराथनले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण