पिकलबलमा भारतलाई हराउँदै नेपालले जित्यो ३ स्वर्ण
काठमाडौँ । भारतको पटनामा आयोजित पूर्वी क्षेत्रीय पिकलबल प्रतियोगितामा नेपालको ३ स्वर्ण पद जितेको छ । पिकलबल एसोसिएनस बिहारले आयोजना गरेको प्रतियोगितामा नेपालले कुल १० पदक हात पारेको छ ।
जनवरी २६ देखि ३० सम्म आयोजित प्रतियोगितामा पिकलबल एशोशिएसन नेपालका ७ खेलाडी सहभागी थिए । महिला एकल १९ माथीको उमेर समूहमा स्वस्तिका महर्जन, महिला एकल ३५ वर्ष माथिको उमेर समूहमा चन्द्रमाया राई, पुरुष डबल्स ५० माथिको उमेर समूहमा पूर्व कर्णेल फत्तेबहादुर खड्का र जोनबादुर माकजुले स्वर्ण पदक जितेका हुन् ।
पुरुष डबल ३५ माथिको उमेर समूहमा जोन कुमार माकजु र मनोज कुमारले रजत पदक हासिल गरे । मनोजकुमार र चन्द्रामाया राईले मिक्स डबल्स ३५ वर्षमाथिको उमेर समूहमा रजत पदक हासिल गरेको पिकलबल एसोशिएसनका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए ,
फत्तेबहादुर खड्काले एकल ५० वर्षमाथिको उमेर समूहमा कास्य पदक, महिला डबल्समा स्वस्तिमा महर्जन र चन्द्रमाया राईले कास्य पदक, पुरुष डबल्समा ३५ वर्षमाथिको उमेर समूहमा जोनकुमार माकजु र मनोजकुमारले कास्य पदक हासिल गरेका छन् । प्रतियोगितामा भारतका पूर्वी क्षेत्रका ७ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण