रोकियो शाहरुख र सुहानाको फिल्म
मुम्बई । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ को बक्सअफिसमा आफ्नो स्टारडम देखाइसकेका छन् । उनी सन् २०२४ मा उनी कैयौँ फिल्ममा जोडिने चर्चा चले पनि हालसम्म त्यो निश्चित हुन सकेको छैन ।
यही बीचमा शाहरुख खानले छोरी सुहाना खानसँग अभिनय गरेको एक फिल्मको काम रोकिएको खबर सार्वजनिक भएको छ ।
बेनामे यो फिल्ममा पहिलोपटक शाहरुखले छोरी सुहानासँग स्क्रिन शेयर गर्दै थिए । सुहानाले सन् २०२३ मा फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यो फिल्मपछि शाहरुख र सुहानाले अर्को एक बेनामे फिल्ममा सहकार्य गरेका थिए । तर अब त्यो फिल्मको काम रोकिएको छ ।
फिल्म निकट स्रोतका अनुसार शाहरुखले छोरी सुहानालाई आफूसँग अनुचित तुलना गरेको मन पराउँदैनन् । त्यहीकारण पनि यो फिल्मको काम रोकिएको स्रोतको दाबी छ ।
सुहाना र खुसी कपुरको अभिनय रहेको फिल्म ‘द आर्चिज’ दर्शकले खासै मन पराएनन् । यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण