विराट कोहलीका भाइ भन्छन्, ‘आमाको बारेमा अनावश्यक हल्ला फैलाउन बन्द गर्नुस्’

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको परिवारले आफ्नी आमाको विषयमा अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको छ । पछिल्लो समय विराटको आमाको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
हाल इङ्ल्यान्डको क्रिकेट टोली भारत भ्रमणमा छ । इङ्ल्यान्डविरुद्धको अघिल्ला दुई टेस्टमा विराट सहभागी छैनन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले व्यक्तिगत कारणले गर्दा विराटलाई टोलीमा समावेश नगरिएको बताएको थियो ।
विराटको अनुपस्थितिमा भारतीय टोली पहिलो टेस्टमा इङ्ल्यान्डसँग २८ रनले पराजित भएको थियो । त्यसपछि विभिन्न सञ्चारमाध्यमले विराटको अनुपस्थितिको विषयलाई लिएर विभिन्न अनुमान लगाउन सुरु गरे ।
यसैक्रममा केही सञ्चारमाध्यमले विराटको आमाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनी टेस्ट टोलीबाट बाहिरिएको समाचार प्रकाशित गर्न भ्याए । त्यसपछि सामाजिक सञ्जालहरूमा पनि विराटको आमाको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न चर्चा सुरु हुन थाल्यो ।
धेरै समर्थकले विराटको आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे । कतिपयले त अझ अगाडि बढेर विराटको आमाको स्वास्थ्य अवस्था झनै बिग्रिएको सामाग्री पनि पोस्ट गर्न भ्याए । अनावश्यक हल्ला फैलँदै गएपछि विराटको परिवार निराधार हल्लाको खण्डनसहित अगाडि आउन बाध्य भएको हो ।
विराटको भाइ विकास कोहलीले निराधार हल्लाको खण्डन गर्दै आफ्नी आमा सरोज कोहलीलाई केही नभएको बताएका छन् । उनले आफ्नी आमा पूर्ण रूपमा स्वस्थ्य रहेको पनि बताएका छन् ।
‘हाम्री आमालाई केही भएको छैन । उहाँ पूर्ण रूपमा स्वस्थ्य हुनुहुन्छ । उहाँ हामीसँगै घरमा हुनुहुन्छ । कृपया तपाईँहरू निराधार हल्ला फैलाउन बन्द गर्नुस्,’ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विकासले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए