प्रत्यारोपण केन्द्रमा १२ सय वटा सफल मिर्गौला प्रत्यारोपण
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।
छोटो अवधिमा यो सफलता हाँसिल गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जनाएको छ ।
आफ्नो नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभएको यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ भने आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण