मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारले धनगढीका १९ सडकका साढे ११ किलोमिटर कालोपत्रे गर्ने

शुक्रबार, १९ माघ २०८०, १७ : ४१
शुक्रबार, १९ माघ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकाभित्रका १९ सडक अन्तरगत साढे ११ किलोमिटर कालोपत्रे गर्न प्रक्रिया बढाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीले धनगढी उपमहानगरभित्रका १९ वटा सडकमा जम्मा साढे ११ किलोमिटर सडक कालोपत्रेको ठेक्का आह्वान भएको जानकारी दिए ।

बहुवर्षिय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ती सडकहरुलाई ६ प्याकेजमा ठेक्का आव्हान गरिएको हो ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीका अनुसार धनगढी उपमहानगरपालिका–४ रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोक–भगवती टोलसम्मको सडक, वडा नम्बर ३ वाणिज्य बैक–विशालनगर–जनता आधारभूत विद्यालय–वीरेन्द्र चोक–रिङ्गरोड जोडने सडक, वडा नम्बर २ मेनरोड–रुवस होटल हुदै बैयावेहडी सडक, वडा नम्बर ३  को नेशनल मार्ग सडक र धनगढी–२ पुरानो भन्सार रोड सडक एकै प्याकेजमा ठेक्का आह्वान भएको छ ।

धनगढी ८ देखि १२ नम्बर वडासम्मको  धनगढी गाउँ–जुगेडा सडक, धनगढी–८ पुष्पलाल चोक–धनगढी गाउँसम्मकोे सडक, धनगढी–७ कैलाली बहुमुखी क्यामपस–जाखोरताल सडक र धनगढी–१ त्रिवेणी सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।

धनगढी–५ नैनादेवि–पुरानो हसनपुर सडक, धनगढी ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा–वोराडाँडी–फाप्ला रिङ्गरोड सडक, धनगढी–१३ मैदामिल–कैलाली गाउँ प्रहरी पोष्ट–ढुंगेबजार सडक र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर चोकदेखि पूर्व वडा कार्यालय जाने सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।

धनगढी–११ वहिरा स्कुल–दक्षिणकाली टोल सडक, धनगढी–४ गठबन्धन चोक–शिवपुरीधाम सडकलाई एउटा प्याकजेमा राखिएको छ । धनगढी–६ मल्लो मटयारी– ढुंगेवजार–उत्तर कृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जाने सडक, धनगढी–४ शहिदगेट–शिवपुरी–न्यूरोड सडक खण्डदेखि कैलाली चोकसम्मको सडक कालोपत्रेका लागि एउटा प्याकेज बनाइएको छ ।

धनगढी–२ खप्तड वडीमालिका टोल सडक, र धनगढी २ कै नन्दलाल पन्तको घर देखि पूर्व भरत जोशीको घरसम्म पक्कीनाला सहित ढल निकासलाई एउटा प्याकेजमा राखेर पूर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय कैलालीले १८ महिनाको अवधि तोकेर ठेक्का सम्झौता गरिने जनाएको छ ।

२०८२ को असारसम्म सबै सडक कालोपत्रे भइसक्ने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप