आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संशोधित विधान मस्यौदा अनुमोदन गर्न नेसपाको बैठक बस्दै

आइतबार, २१ माघ २०८०, ११ : ३१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । संशोधित विधान मस्यौदा अनुमोदनका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषय टुङ्ग्याउन कार्यकारिणी बैठक बोलाएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।

‘यही फागुनभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख थियो । तर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भएपछि एक वर्ष थप गर्ने निर्णय गरेका छौँ । साथै सङ्घीय परिषद् बैठक राख्ने वा नराख्नेबारे निर्णय लिनुपर्ने भएकाले कार्यकारिणी बैठक बोलाइको हो’, प्रवक्ता सोबले जानकारी दिइन् ।

फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि शनिवार बसेको केन्द्रीय समितिले महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो । रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय गरेको थियो ।

माओवादीसँग एकता र महाधिवेशनको तयारी सँगसँगै लैजाने निर्णय भएको उनले बताइन् । एकता महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा बाबुराम पक्ष र महिन्द्र पक्षबिच विवाद भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप