संशोधित विधान मस्यौदा अनुमोदन गर्न नेसपाको बैठक बस्दै
काठमाडौँ । संशोधित विधान मस्यौदा अनुमोदनका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । विधानमा सङ्घीय परिषद्को व्यवस्था राख्ने कि नराख्ने विषय टुङ्ग्याउन कार्यकारिणी बैठक बोलाएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।
‘यही फागुनभित्र महाधिवेशन गर्ने विधानमा उल्लेख थियो । तर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने भएपछि एक वर्ष थप गर्ने निर्णय गरेका छौँ । साथै सङ्घीय परिषद् बैठक राख्ने वा नराख्नेबारे निर्णय लिनुपर्ने भएकाले कार्यकारिणी बैठक बोलाइको हो’, प्रवक्ता सोबले जानकारी दिइन् ।
फागुनभित्र महाधिवेशन गर्न सम्भव नभएपछि शनिवार बसेको केन्द्रीय समितिले महाधिवेशनको मिति एक वर्ष थप गर्ने निर्णय गरेको थियो । रिक्त रहेको २१ जना सदस्यका अद्यावधिक गरी निर्वाचन आयोगलाई लिखित जानकारी गराउने निर्णय गरेको थियो ।
माओवादीसँग एकता र महाधिवेशनको तयारी सँगसँगै लैजाने निर्णय भएको उनले बताइन् । एकता महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा बाबुराम पक्ष र महिन्द्र पक्षबिच विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण