डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको दौडमा बाइडेन अगाडि
वाशिङटन डीसी । अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति निर्वाचन अघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीभित्र उम्मेदवार चयनका लागि निर्वाचन भइरहेको छ । यहि क्रममा नेपाली समयअनुसार आइतबार बिहान साउथ क्यारोलिना राज्यको प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेनले जित हात पारेका छन् ।
न्यूयोर्क टाइम्समा छापिएको खबरका अनुसार बाइडेनले साउथ क्यारोलिनामा अश्वेत मतदाताको मत पाएका छन् । २०२० मा पनि बाइडेनलाई राष्ट्रपति बनाउन यहाँका मतदाताले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
डेमोक्रेटिक पार्टीका अनुसार साउथ क्यारोलिनामा बाइडेनलाई मतदान गर्ने अश्वेत मतदाताको संख्या २०२० को तुलनामा १३% ले बढेको छ । राष्ट्रपतिका लागि बाइडेनले उम्मेदवारी दर्ता गराएको साउथ क्यारोलिना पहिलो राज्य थियो ।
यहाँ उनले जित हात पारेका छन् । यसअघि न्यु ह्याम्पशायरमा डेमोक्रेटिक पार्टीको चुनावमा राष्ट्रपति बाइडेनको नाम थिएन ।
यसका बाबजुद पनि उनले भारी बहुमतका साथ विजयी भए । त्यसपछि उनले साउथ क्यारोलिनाबाट उम्मेदवारी दर्ता गराएका हुन् । ‘साउथ क्यारोलिनाका जनताले मलाई साथ दिएका छन् । राष्ट्रपति चुनावमा पनि मैले जित्छु भन्नेमा कुनै शङ्का छैन । हामी फेरि एक पटक डोनाल्ड ट्रम्पलाई पराजित गर्नेछौँ, हराउनेछौँ ।’ साउद क्यारोलिनामा जित हात पारेपछि बाइडेनले भनेका छन् ।
बिडेनले न्यु ह्याम्पशायरमा प्राइमरी कसरी जिते ?
पार्टी चुनावको मिति घोषणा पछि बाइडेनले न्यु ह्याम्पशायरमा ढिलो गरेर निर्वाचन गराउन अपिल गरेका थिए । तर, पार्टीले त्यसो गर्न मानेन । यसबाट आक्रोशित बाइडेनले न्यु ह्याम्पशायरको चुनावमा भाग नलिने निर्णय गरे । यति हुँदा पनि डेमोक्र्याटिक पार्टीमा उनका समर्थकहरूले ‘राइट–इन’ अभियान चलाए ।
यहीबाट बाइडेनले चुनाव जितेका हुन् । अमेरिकामा राइट इन अभियान अन्तर्गत मतदाताले मतपत्रमा नाम नभए पनि आफूलाई मन पर्ने उम्मेदवारको नाम मतपत्रमा लेख्न सक्छन् । त्यो उम्मेदवारले बहुमत प्राप्त गर्यो भने पार्टीले उसलाई विजेता घोषित गरिदिन्छ ।
साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको प्राइमरी फेब्रुअरी २३ मा हुने
रिपब्लिकन र डेमोक्र्याट दुवै दलले प्राइमरी र ककस चुनावमार्फत राष्ट्रपतिका उम्मेदवार छनोट गरिरहेका छन् । मार्चदेखि जुनको बिचमा दुवै दलका उम्मेदवार टुङ्गो लाग्ने बताइएको छ । साउथ क्यारोलिना रिपब्लिकन पार्टीको प्राइमरी फेब्रुअरी २३ मा हुनेछ । यसमा निक्की र ट्रम्प आमनेसामने हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण