बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको दौडमा बाइडेन अगाडि

आइतबार, २१ माघ २०८०, १२ : ०८
आइतबार, २१ माघ २०८०

वाशिङटन डीसी । अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति निर्वाचन अघि रिपब्लिकन र डेमोक्रेटिक पार्टीभित्र उम्मेदवार चयनका लागि निर्वाचन भइरहेको छ । यहि क्रममा नेपाली समयअनुसार आइतबार बिहान साउथ क्यारोलिना राज्यको प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेनले जित हात पारेका छन् ।

न्यूयोर्क टाइम्समा छापिएको खबरका अनुसार बाइडेनले साउथ क्यारोलिनामा अश्वेत मतदाताको मत पाएका छन् । २०२० मा पनि बाइडेनलाई राष्ट्रपति बनाउन यहाँका मतदाताले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

डेमोक्रेटिक पार्टीका अनुसार साउथ क्यारोलिनामा बाइडेनलाई मतदान गर्ने अश्वेत मतदाताको संख्या २०२० को तुलनामा १३% ले बढेको छ ।  राष्ट्रपतिका लागि बाइडेनले उम्मेदवारी दर्ता गराएको साउथ क्यारोलिना पहिलो राज्य थियो ।

यहाँ उनले जित हात पारेका छन् । यसअघि न्यु ह्याम्पशायरमा डेमोक्रेटिक पार्टीको चुनावमा राष्ट्रपति बाइडेनको नाम थिएन ।

यसका बाबजुद पनि उनले भारी बहुमतका साथ विजयी भए । त्यसपछि उनले साउथ क्यारोलिनाबाट उम्मेदवारी दर्ता गराएका हुन् । ‘साउथ क्यारोलिनाका जनताले मलाई साथ दिएका छन् । राष्ट्रपति चुनावमा पनि मैले जित्छु भन्नेमा कुनै शङ्का छैन । हामी फेरि एक पटक डोनाल्ड ट्रम्पलाई पराजित गर्नेछौँ, हराउनेछौँ ।’ साउद क्यारोलिनामा जित हात पारेपछि बाइडेनले भनेका छन् ।

बिडेनले न्यु ह्याम्पशायरमा प्राइमरी कसरी जिते ?

पार्टी चुनावको मिति घोषणा पछि बाइडेनले न्यु ह्याम्पशायरमा ढिलो गरेर निर्वाचन गराउन अपिल गरेका थिए । तर, पार्टीले त्यसो गर्न मानेन । यसबाट आक्रोशित बाइडेनले न्यु ह्याम्पशायरको चुनावमा भाग नलिने निर्णय गरे । यति हुँदा पनि डेमोक्र्याटिक पार्टीमा उनका समर्थकहरूले ‘राइट–इन’ अभियान चलाए ।

यहीबाट बाइडेनले चुनाव जितेका हुन् । अमेरिकामा राइट इन अभियान अन्तर्गत मतदाताले मतपत्रमा नाम नभए पनि आफूलाई मन पर्ने उम्मेदवारको नाम मतपत्रमा लेख्न सक्छन् । त्यो उम्मेदवारले बहुमत प्राप्त गर्‍यो भने पार्टीले उसलाई विजेता घोषित गरिदिन्छ ।

साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको प्राइमरी फेब्रुअरी २३ मा हुने

रिपब्लिकन र डेमोक्र्याट दुवै दलले प्राइमरी र ककस चुनावमार्फत राष्ट्रपतिका उम्मेदवार छनोट गरिरहेका छन् । मार्चदेखि जुनको बिचमा  दुवै दलका उम्मेदवार टुङ्गो लाग्ने बताइएको छ । साउथ क्यारोलिना रिपब्लिकन पार्टीको प्राइमरी फेब्रुअरी २३ मा हुनेछ । यसमा निक्की र ट्रम्प आमनेसामने हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप