शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले तत्काल संघीय संरचना खारेज गर्ने लक्ष्य लिएको छ : कमल थापा

आइतबार, २१ माघ २०८०, १६ : ०२
आइतबार, २१ माघ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन् ।  

देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो । आइतबार काठमाडौँमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । उनले केही वर्ष भित्रमा नै राप्रपा, नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

त्यसका लागि एक वर्ष भित्र कम्तीमा २ लाख पार्टीको सक्रिय सदस्यता वितरणको काम सम्पन्न गरिसक्नु पर्ने अध्यक्ष थापाको भनाई थियो । उनले पार्टीलाई बलियो बनाउन पनि सक्रिय सदस्यता वितरणको कामलाई पार्टीका नेता, कार्यकर्ताले प्रतिस्पर्धाको रुपमा अघि बढाउनुपर्ने बताए ।

अध्यक्ष थापाले भने,‘हाम्रो तत्कालीन जिम्मेवारी भनेको देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने र त्यसको विकल्पमा हिन्दु राष्ट्र र राजसंंस्था पुनर्स्थापना गर्ने, हाल कायम रहेको संघीय संरचना खारेज गर्ने, स्थानीय निकायलाई बलियो बनाउने र देशमा भ्रष्टाचारलाई अन्त्य गरेर सुशासनको माध्यामबाट देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने । यो उद्देश्यका साथ हामी अगाडि बढिराखेका छौँ ।’

अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको रुपमा टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप