पर्यटक प्रहरी : १९७ दरबन्दी र तीनवटा पोस्ट थप्न प्रस्ताव
काठमाडौँ । पर्यटन विभागले तीनवटा पर्यटक प्रहरी पोस्ट थप्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव गरेको छ । विभागले कर्णाली प्रदेशको सुर्खेत, सुदूर पश्चिम प्रदेशको कञ्चनपुर र कोशी प्रदेशको विराटनगरमा पर्यटक प्रहरी पोस्ट थप्ने प्रस्ताव गरेको हो ।
२०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरी अन्तर्गत हाल १५ जिल्लाका २९ स्थानमा पोस्ट छन् । त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै १० स्थानमा पोस्ट छन् । कूल २९ स्थानमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटक प्रहरी पोस्ट छैनन् । २९ वटा पोस्टमा डिएसपीको कमान्डमा २ सय ३९ जना पर्यटक प्रहरीहरू कार्यरत छन् । विभागले अहिले एक सय ९७ जना दरबन्दी थप गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गरेको छ ।
यो आर्थिक वर्षमा हालसम्म पर्यटक प्रहरी पोस्टमा कूल २ सय १६ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये एकसय ४६ वटा उजुरीको फर्छ्यौट भइसकेको जानकारी विभागका प्रमुख चक्र बहादुर बुढाले दिए । उनका अनुसार पर्यटकहरू खासगरी नेपाल प्रवेश गरेलगत्तै आर्थिक अभावका कारण पर्यटकहरू अलपत्र पर्ने गरेको मुख्य समस्या छ । लामो समय अभाव झेल्दा केही पर्यटकमा मानसिक समस्या समेत देखिन थालेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण