श्रीलङ्काले ७६ औँ स्वतन्त्रता दिवस मनायो
आइतबार, २१ माघ २०८०, १८ : ३९

कोलम्बो । श्रीलङ्काले आइतबार आफ्नो ७६ औँ स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् ।
विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताए ।
व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ।
उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरे । यसैबिच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दलहरूबिचको चरम अविश्वासलाई हेर्दा मध्यावधिमा जानु नै ठिक हुन्छ’
-
नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा
-
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
-
गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड
-
प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद
-
‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने