श्रीलङ्काले ७६ औँ स्वतन्त्रता दिवस मनायो
आइतबार, २१ माघ २०८०, १८ : ३९
कोलम्बो । श्रीलङ्काले आइतबार आफ्नो ७६ औँ स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् ।
विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताए ।
व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ।
उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरे । यसैबिच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण