सामसङ प्रयोगकर्तालाई झट्का, मार्च १ देखि बन्द हुँदै छ यो सेवा
काठमाडौँ । दक्षिण कोरियाली कम्पनी सामसङले टिभी प्रयोगकर्ताहरूलाई ठुलो झट्का दिएको छ । कम्पनीका स्मार्ट टिभीमा गुगल असिस्टेन्ट बन्द गर्ने घोषणा सामसङले गरेको छ । कम्पनीले हालै गरेको पोलिसी परिवर्तनका कारण स्मार्ट टिभीमा गुगल असिस्टेनट बन्द गरिएको हो ।
कम्पनीका अनुसार यही मार्च १ देखि सबै २०२२ स्मार्ट टिभीका सबै मोडेलहरूमा गुगल असिस्टेन्ट चल्ने छैन । यो सेवा नचल्ने टिभी मोडलको कम्पनीले सूची नै निकालेको छ । यो सूचीमा २०२२ र सन् २०२१ मा आएका सबै स्मार्ट टिभी मोडल, २०२० ८के, फोके क्यूएलईडी टिभी, २०२० क्रिष्टल यूएचडी टिभी र फ्रेम, सेरिफ, टेरेस र सेरो समेतका २०२० लाइभफस्टाइल टिभी पनि परेका छन् ।
गुगल असिस्टेन्टमा पहुँच बन्द हुने भएपछि प्रयोगकर्ताहरूले आफ्नो स्मार्ट टिभीमा भ्वाइस असिटेन्टका लागि अर्को अप्सन खोज्नु पर्नेछ । सामसङका स्मार्ट टिभीमा कम्पनीको भ्वाइस असिस्टेन्टसमेत बिक्सबी, अमेजन एलेक्सा समेत कयौँ भ्वाइस असिस्टेन्ट अप्सन पहिला देखि नै इन्स्टल भएका छन् । आफ्नो हिसाबले प्रयोगकर्ताले जुन चलाउँदा पनि हुन्छ ।
तर गुगल असिस्टेन्ट रुचाउने वा चलाइरहेकालाई भने पछिल्लो निर्णयले समस्या हुनेछ । गुगल असिस्टेन्टमा केही विशेष कुरा छ । यो यूजरको गुगल एकाउन्टसँग जोडिएको हुन्छ र रियर टाइम डेटा र गुगल सर्चमा आधारित जवाफहरूका आधारमा असिस्टेन्टले जवाफ दिनछ । कम्पनीले गुगल असिस्टेन्टको स्तरमा राम्रो बनाउन भन्दै जनवरी २६ मै कयौँ फिचर हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण