बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कमब्याकको तयारीमा आमिर खान, चाहन्छन् रोमान्टिक रोल

मङ्गलबार, २३ माघ २०८०, १४ : ३२
मङ्गलबार, २३ माघ २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खान यतिबेला कम ब्याकको तयारीमा छन् । लाल सिंह चड्ढाको असफलतापछि आमिर फिल्म उद्योगबाट टाढै बसिरहेका थिए । अब भने उनी कम ब्याकको तयारीमा छन् । उनले आगामी फिल्मको छायांकन सुरु गरिसकेका छन् ।

हालै न्युज १८ लाई दिएको अन्तरवार्तामा आमिर खानले आफ्नी पूर्व पत्नी किरण रावसँगको व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका थिए । आमिरलाई यति लामो ब्रेकको बारेमा सोध्दा उनले यो ब्रेक परिवारसँग समय बिताउन चाहेर लिएको बताएका थिए । ‘म विगत केही वर्षदेखि काममा निकै व्यस्त थिएँ । मैले पछिल्ला २ वर्ष धेरै रमाइलो गरेको छुँ । मैले मेरो परिवारसँग धेरै समय बिताए र सबै सदस्यसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास गरेँ ।’ उनले भने ।

१ फेब्रुअरीदेखि नयाँ फिल्मको सुटिङ सुरु

फेब्रुअरी १ देखि खानले नयाँ चलचित्रको छायाङ्कन सुरु गरेका छन् । आफूलाई जुन कथा मन पर्छ त्यही गर्ने गरेको अनि पहिलो पटक जस्तो काम गरेका थिए त्यस्तै गरी गर्ने पनि उनले बताए । ‘जुन कथाले मेरो मुटुलाई छुन्छ म त्यही गर्नेछु ।’ उनले भनेका छन् । कुराकानीका क्रममा उनले विभिन्न विधामा काम गर्ने इच्छा व्यक्त गरेका थिए ।

आमिरलाई रोमान्टिक भूमिकामा देख्न पाइन्छ  कि भनेर सोध्दा उनले उमेर अनुसार सही कथा पाए र त्यो क्यारेक्टरमा फिट भएँ भने अवश्य गर्छु भनेका थिए । ‘कहानी रोमान्टिक छ भने अवश्य गर्छु । यो उमेरमा रोमान्स अलि नर्मल हुन्न । कहानीको हिसाबले म पात्रमा सुहाउँदो भए भने त किन नगर्ने नि’ उनको भनाई थियो ।

ब्वाइकट ट्रेन्डका कारण फ्लप भएको थियो लालसिंह चड्डा

लालसिंह चड्डाले ब्वाइकट ट्रेन्डको सामना गर्नुपरेको थियो । यही कारण फिल्म फ्लप भयो । १८० करोडमा बनेको यो फिल्मले विश्वभर मात्रै १२९ करोड ६४ लाख भारु मात्रै कमाएको थियो । फिल्ममा आमिर खानबाहेक करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि महत्त्वपूर्ण भूमिका थियो । यो फिल्म सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप