आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नु पूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरूलाई निर्देशन दिएको बताए ।
उनले सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गराउन लागेको र सो बारेमा संसदमा छलफल गर्नु अगाडि दलका सांसदहरूलाई अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताए । उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताए । उनले बैठकमा अध्यक्ष दाहाल प्रचण्डले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायबारे आवाज उठाउन सदस्यहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण