नेपाल र भारतका खेलकुद मन्त्रीबिच भेटवार्ता
मङ्गलबार, २३ माघ २०८०, १५ : ५८
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुरबिच भेटवार्ता भएको छ ।
दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिप २०२४ को कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका लिम्बुले भारतीय मन्त्री ठाकुरसँग भेटघाट गरेका हुन् ।
सो क्रममा दुवै देशको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदको क्षेत्रमा साझा अवसर खोज्ने विषयमा छलफल भएको भारतीय मन्त्री ठाकुरले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक बिमस्टेक अन्तर्गत हुन गइरहेको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति आफूलाई गर्व लागेको मन्त्री ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण