‘भ्यालेन्टाइन डे’ मा साढे तीन लाख वटा गुलाबको फूल खपत हुने
बुधबार, २४ माघ २०८०, १७ : २७
काठमाडौँ । प्रणय दिवस ‘भ्यालेन्टाइन डे’को एक सातामा साढे ३ लाख वटा गुलाबको फूल खपत हुने भएको छ । बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा साढे तीन लाख वटा गुलाबको फूल प्रयोग हुने भएको हो ।
‘भ्यालेन्टाइन डे’ मा प्रयोग हुने गुलाबको फूल मध्ये ९० प्रतिशत गुलाब भारतबाट आयात हुन्छ भने १० प्रतिशत स्वदेशी रहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ ।
तीन लाख ५० हजार वटा गुलाब फूलमध्ये भारतबाट ३ लाख १५ हजार वटा गुलाबको फूल ल्याइएको छ भने ३५ हजार वटा गुलाब फूल स्वदेशी रहेको छ ।
फ्यानका अध्यक्ष मीन बहादुर तामाङका अनुसार भारतबाट आयात हुने प्रतिगुलाब ६० रुपैयाँ पर्छ । यसलाई आधार मान्ने हो भने १ करोड ८९ लाखको गुलाब आयात गरिएको छ । ६० मा ल्याएको गुलाब बजारमा ८० देखि ९० रुपैयाँसम्म बिक्री हुने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण