‘भ्यालेन्टाइन डे’ मा साढे तीन लाख वटा गुलाबको फूल खपत हुने
बुधबार, २४ माघ २०८०, १७ : २७

काठमाडौँ । प्रणय दिवस ‘भ्यालेन्टाइन डे’को एक सातामा साढे ३ लाख वटा गुलाबको फूल खपत हुने भएको छ । बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा साढे तीन लाख वटा गुलाबको फूल प्रयोग हुने भएको हो ।
‘भ्यालेन्टाइन डे’ मा प्रयोग हुने गुलाबको फूल मध्ये ९० प्रतिशत गुलाब भारतबाट आयात हुन्छ भने १० प्रतिशत स्वदेशी रहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ ।
तीन लाख ५० हजार वटा गुलाब फूलमध्ये भारतबाट ३ लाख १५ हजार वटा गुलाबको फूल ल्याइएको छ भने ३५ हजार वटा गुलाब फूल स्वदेशी रहेको छ ।
फ्यानका अध्यक्ष मीन बहादुर तामाङका अनुसार भारतबाट आयात हुने प्रतिगुलाब ६० रुपैयाँ पर्छ । यसलाई आधार मान्ने हो भने १ करोड ८९ लाखको गुलाब आयात गरिएको छ । ६० मा ल्याएको गुलाब बजारमा ८० देखि ९० रुपैयाँसम्म बिक्री हुने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला