शास्त्रीय गीत सिकिरहेका आमिरले हातमा किन बाधे धागो ?
मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो प्रोडक्सन हाउसबाट निर्माण भएको फिल्म ‘लापता लेडिज’को प्रमोसनमा व्यस्त छन् । यो फिल्ममा उनको पूर्व पत्नी किरण रावको निर्देशन छ । आमिर प्रमोसनमा व्यस्त भइरहँदा उनको दायाँ हातमा आजकल ‘धागो’ देख्न सकिन्छ । यसअघि उनको हातमा यस किसिमको ‘धागो’ देखिएको थिएन ।
हालै एक अन्तरवार्तामा आमिरले ‘धागो’ बान्नुको रहस्य खोलेका छन् । न्युज १८ को एक अन्तरक्रियामा किरणका साथ उपस्थित आमिरले कुनै गीत गुनगुनाउँदा ‘धागो’को रहस्य खोलेका थिए ।
‘मलाई गीत अधिक मनपर्छ, म तुरुन्तै गाउन सक्छु । तपाईँलाई भनूँ कि आजकल म गायन सिकिरहेको छु । यो जुन धागो तपाईँ देखिरहनुभएको छ, सुचेताजी मेरो गुरु हुन्, म उनको शिष्य बनेको छु । उहाँले यो धागो बाँध्नु भएको हो । म उहाँसँग भारतीय शास्त्रीय गीत सिकिरहेको छु । ६ महिना यता गाइरहेको छु’, आमिरले भनेका छन् ।
हालैमात्र आमिरले छोरी आयरा खानको विवाहको संगीत सेरेमोनीमा गीत गाएका थिए । उनले गीत गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । कोभिड लकडाउन अघि आमिरको एक प्रोजेक्टको निकै चर्चा थियो । उनी प्रख्यात भजन गायक र म्युजिक कम्पनी टी–सीरीजका संस्थापक गुलशन कुमारको बायोपिक ‘मुगल’मा शीर्ष भूमिकामा देखिन लागेका थिए । आमिरले स्वयं यो कुराको पुष्टि गरेका थिए ।
सुरुमा आमिर यो फिल्ममा निर्माताका रुपमा जोडिएका थिए । फिल्मका लागि अक्षय कुमार, वरुण धवन र कपिल शर्मालाई गुलशन कुमारको चरित्रमा कास्ट गर्न चाहेका थिए । तर कुरा नमिलेपछि अन्तिममा उनी आफैंले अभिनय गर्नुपर्ने भयो ।
यसअघि सन् २०१८ मा ‘मी टू’ आन्दोलनका समयमा यो प्रोजक्टसँग जोडिएका निर्देशक सुभाष कपूरमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि आमिर यसबाट अलग्गिएका थिए । तर भुषणको आग्रहमा आमिर निर्माता र अभिनेताका रुपमा जोडिन सहमत भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण