निरन्तर घट्दै सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । यो साता लगातार पाँचौँ दिनसम्म निरन्तररुपमा सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको छ । आइतबारदेखि नै घट्दोक्रममा रहेको सुनचाँदीको मूल्य आज बिहीबार पनि निरन्तररुमा घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।
यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० रुपैयाँ थियो । त्यसयता सोमबार, मंगलबार र बुधवार समेत घटेको थियो । र, महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता