मन्त्रालयको आँगनमा कार्यक्रम, राज्यमन्त्रीलाई नबोलाइएपछि आक्रोश
धनगढी । सुदूरपश्चिम प्रदेशको सहकारी रजिस्टार प्रशिक्षण कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बिहीबार एक कार्यक्रमका बिच सो भवन उद्घाटन गरेका हुन् ।
मन्त्रालयसँगै सो भवन निर्माण गरिएको छ । ४ करोड ३४ लाख लागत इस्टिमेट गरिएको भवनको २ करोड ९४ लाखमा ठेक्का सम्झौता गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम थापाले बताए ।
यसैबिच भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले मन्त्रालयकै आँगनमा गरिएको कार्यक्रममा आफूलाई बेवास्ता गरिएको गुनासो गरेका छन् ।
राज्यमन्त्री चौधरीले रातापाटीसँग भने, ‘म कार्यालय पुग्दा तामझाम देखे । कार्यक्रम सुरु हुँदै गर्दा मात्रै थाहा पाए भवनको उद्घाटन कार्यक्रम रहेछ । मन्त्रालयको कार्यक्रम रहेछ । मलाई एक घण्टा अगाडि वा एक दिन अगाडि पनि त खबर गर्न सकिन्थ्यो । तर सुरु हुँदै गर्दा बोलाउन आए । त्यसपछि जान उचित लागेन र गएन ।’
उता मन्त्रालयका प्रवक्ता टीकाराम थापाले भने, ‘ठूलो कार्यक्रम नभएको र मलाई राज्यमन्त्री चौधरी काठमाडौँ रहेको लागेको थियो । त्यहीभएर पहिल्यै खबर गर्न गरिन्न । तर मैले कार्यक्रम सुरु हुनुभन्दा पहिले उपस्थितिको लागि उहाँको कार्यकक्षमा पुगेको थिए ।’
पछिल्लो समय मन्त्री र राज्यमन्त्रीबिच मन्त्रालयको जिम्मेवारीलाई लिएर मनमुटाब देखिएको छ । उनीहरु दुवै नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएको लामो समय बितेपनि आफूलाई जिम्मेवारीबिहीन बनाएको राज्यमन्त्री चौधरीको दुखेसो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण