बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

बिहीबार, २५ माघ २०८०, १६ : ०४
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता बनाउनेका लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । 

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता बनाउनेको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त सर्भिस बुथ निर्माण गरिएको हो । 

उक्त बुथको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरिन् ।  उक्त समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित बनाउनको लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरिन् । 

 उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।  

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप