चाँदबाग रेसिडेन्सीलाई डिल्लीबजार मालपोतको २१ दिने ‘म्याद’
काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानासँग मिलेर उद्योगी अरुण चौधरीले निजीकरण गरेको भनिएको १० रोपनी जग्गा फिर्ता ल्याउन मालपोत कार्यालयले ‘प्रक्रिया’ सुरु गरेको छ । बिहीबार डिल्लीबजार मालपोत कार्यालयले ‘जग्गाको स्रेस्ता अद्यावधिक गरी सरकारको नाममा ल्याउन आदेश भएको’ भन्दै २१ दिनभित्र उपस्थित हुन चाँदबाग रेसिडेन्सीलाई भनेको छ ।
चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरले मालपोत कार्यालयबाट जारी गरेको ‘म्याद’ बुझेका छन् । म्यादभित्र उपस्थित नभए ‘कानुन बमोजिम हुने’ मालपोत कार्यालयको पत्रमा उल्लेख छ । काठमाडौँको टोखा नगरपालिका–६ कि अध्यक्ष शान्ता खानालको रोहबरमा सञ्जय ठाकुरले म्याद बुझेका हुन् ।

मालपोत कार्यालय डिल्लीबजारको निर्णय अनुसार २० कार्तिक २०३७ मा नगर २२ (६) कित्ता नम्बर ५० को १८–३–२–० जग्गा बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको थियो । तत्कालीन श्री ५ को सरकारको निर्णय बिना जग्गा बेचबिखन गर्ने अधिकार नभएको बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिले सो मध्येको १० रोपनी जग्गा चौधरी समूहको नाममा ‘हक हस्तान्तरण’ गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सञ्चालक समितिका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले २०४३ भदौ १० मा बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउण्डमा खडा गरिएको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा ‘हक हस्तान्तरण’ गरेका हुन् ।
जग्गा निजीकरण गरेपछि चौधरी समूहले च्याम्पियन फुटवेयरलाई परिवर्तन गरेर कम्पनीको नाम ‘सिजि चाँदबाग’ बनाएका हुन् । अहिले सो ठाउँमा चाँदबाग स्कुल सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण