सुरक्षा गार्डले कला प्रदर्शनीमा राखिएको कलाकृति खान खोजेपछि
मस्को । मस्कोमा अनौठो घटना भएको छ । एक जना सुरक्षा गार्डले प्रदर्शनमा राखिएको कलाकृतिलाई बिगारेर यसलाई खाने कोसिस गरेका छन् ।
गएको हप्ता मस्कोमा आयोजित समकालीन कला प्रदर्शनीमा ‘इस्केप अफ द गोल्डफिश’ शीर्षक दिएर एउटा सिसाको भाडामा गोल्डफिश राखिएको थियो । यो भाडासँगै भित्तामा समुद्रको एउटा पेन्टिङ थियो । पेन्टिङको पुछारमा भाग्न थालेको एउटा गोल्डफिश अड्किए जस्तो देखिन्थ्यो । यो प्रदर्शनीको मुख्य आकर्षण थियो ।
तर एक जना सुरक्षा गार्डले पैसा दिएर आफूलाई जुन कृतिलाई जोगाउन भनेर राखिएको थियो त्यही कृति नै नष्ट गरे । रुसी सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा ती गार्डले इस्केप अफ द गोल्डफिश नजिक गएको र दुई ओटा गोल्डफिशलाई भाँडोबाट बाहिर झिकिरहेको देखिन्छ । पेन्टिङलाई एउटा हातले समातेर अर्को हातले त्यसमा भएको गोल्डफिश थुतेर निकालिदिन्छन् । माछा सुँघेर टोक्ने कोसिस गर्छन् ।
आयोजकहरुले इस्केप अफ द गोल्डफिश बिग्रिएको देखेपछि सुरक्षा क्यामरा चेक गर्ने क्रममा सुरक्षा गार्डको बदमासी देखे । उनले किन त्यस्तो व्यवहार गरेर भनेर केरकार गर्दा आफूलाई सुत्न गाह्रो भएको निद्रा नपरेको अनि कलाकृति बिगार्दा आफूले के गरिरहेको छु भनेर नबुझेको बताएका छन् । ती सुरक्षा गार्डलाई जागिरबाट निकाला गरिएको छ । केही दिनपछि बिग्रिएको कलाकृति पुनः बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण