पाकिस्तान निर्वाचन : इमरान खानको पार्टी अगाडि
कराँची । पाकिस्तानमा यतिबेला आम निर्वाचनको परिणाम धमाधम आइरहेको छ । बिहीबार भएको मतदानमा देशव्यापी आम निर्वाचन र ४ राज्यमा विधानसभाको चुनाव भएको थियो ।
डनका अनुसार ४८ सिटमा पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी समर्थित निर्दलीय उम्मेदवारले जितेका छन् । बिलवाल भुट्टोको पार्टीले १९ सिट जितेको छ ।
तीन पटकका प्रधानमन्त्री नवाज शरिफको पार्टी ३७ सिटमा जितसहित दोस्रो स्थानमा छ । शरिफले एक सिटमा हार्दा लौहरको सिटमा भने जितेका थिए । तर खानको पार्टीले शरिफको जितमा प्रश्न उठाएको थियो । नवाज शरीफको पक्षमा खसेकोभन्दा बढी मत गणना गरिएको पीटीआईले एक ट्विटमा भनेको छ । “गणित वैध मतहरूको कुल संख्या कुल मतको संख्याभन्दा बढी छ । नवाज शरीफलाई जनमत चोरेकोमा लाज लाग्नु पर्ने हो,’ पीटीआईले गरेको ट्विटमा लेखिएको छ ।
यो ट्विटसँगै एउटा तस्बिर पनि शेयर गरिएको छ जसमा कुल मत संख्या २ लाख ९३ हजार ६९३ लेखिएको छ । साथै, कुल वैध मत संख्या २ लाख ९४ हजार ४३ लेखिएको छ । तर, पाकिस्तान मुस्लिम लिग नवाज)ले ट्विट गर्दै नवाज शरीफले एनए १३० ठूलो मतान्तरले जितेको बताएको छ । यद्यपि यी दाबी राजनीतिक दलका हुन् । यस विषयमा निर्वाचन आयोगले केही बोलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण