पाकिस्तान निर्वाचन
पाकिस्तानकाे लाहाेरमा नवाज सरिफले जितेपछि इमरान खानकाे पार्टीले भन्याे- जनमत चाेरियाे
शुक्रबार, २६ माघ २०८०, २० : २२

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले लाहोरको एनए १३० सिट जितेका छन् । तर इमरान खान नेतृत्वको पीटीआईले नवाज सरिफको जितमा प्रश्न उठाएको छ ।
पीटीआईले ट्विट गर्दै लेखेको छ, ‘गनिएको वैध मतहरूको सङ्ख्या कुल मतको सङ्ख्याभन्दा बढी छ। नवाज शरीफ जनमत चोरेकोमा लज्जित हुनुपर्छ।’
यो ट्विटसँगै एउटा तस्बिर पनि शेयर गरिएको छ जसमा कूल मत सङ्ख्या २ लाख ९३ हजार ६९३ लेखिएको छ । साथै, कूल वैध मत सङ्ख्या २ लाख ९४ हजार ०४३ लेखिएको छ।
यता पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ । यद्यपि यी दाबी राजनीतिक दलका हुन् । यस विषयमा निर्वाचन आयोगले केही बोलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु