पाकिस्तान निर्वाचन
पाकिस्तानकाे लाहाेरमा नवाज सरिफले जितेपछि इमरान खानकाे पार्टीले भन्याे- जनमत चाेरियाे
शुक्रबार, २६ माघ २०८०, २० : २२
लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले लाहोरको एनए १३० सिट जितेका छन् । तर इमरान खान नेतृत्वको पीटीआईले नवाज सरिफको जितमा प्रश्न उठाएको छ ।
पीटीआईले ट्विट गर्दै लेखेको छ, ‘गनिएको वैध मतहरूको सङ्ख्या कुल मतको सङ्ख्याभन्दा बढी छ। नवाज शरीफ जनमत चोरेकोमा लज्जित हुनुपर्छ।’
यो ट्विटसँगै एउटा तस्बिर पनि शेयर गरिएको छ जसमा कूल मत सङ्ख्या २ लाख ९३ हजार ६९३ लेखिएको छ । साथै, कूल वैध मत सङ्ख्या २ लाख ९४ हजार ०४३ लेखिएको छ।
यता पाकिस्तान मुस्लिम लिग (नवाज) ले ट्विट गर्दै शरीफले एनए १३० मा ठुलो मतान्तरले जित हासिल गरेको बताएको छ । यद्यपि यी दाबी राजनीतिक दलका हुन् । यस विषयमा निर्वाचन आयोगले केही बोलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण