सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘विविधतापूर्ण संस्कृति मौलिक पहिचान तथा अमूल्य सम्पदा हुन् :  प्रदेश प्रमुख गुरुङ

शनिबार, २७ माघ २०८०, ०६ : ४४
शनिबार, २७ माघ २०८०

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएका छन् ।

सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्व नेपाली समाजमा सद्भावना बढाउन आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा महत्वपूर्ण रहेका उल्लेख गरे । यस पर्वले  सद्भाव र समृद्धि बढाउन सबैलाई प्रेरणा दिने उनले सन्देशमा उल्लेख गरेका छन्। 

सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप