पुनर्मिलन
‘आम्मामा ! के अचम्म सुन्नुपर्यो ?’
बिहानै पँधेरामा पानी भर्न आएकी फोस्राबोटे साइँली गाग्री बोकेको डोको बिसाउँदै एक्कासि बोलिन् ।
सबै पँधेर्नीहरूका कान ठाडा भए । जिज्ञासु नजर साँइलीतर्फ सोझिए ।
‘हैन् के अचम्म सुन्यौ र साँइली ? कुरा खुलस्त पार न । ’ काफ्लारुखे पण्डितनीले कुरो भुइँमा खस्न नपाउँदै सोधिहालिन् ।
‘ऊ बेला केटो काठमाडौं बस्ने । केटी सासुससुरासँग गाउँमा बस्ने गर्दा मनमुटाब बढ्दै गयो । पढेकी केटी, विवाहपछि उसको पनि जागिर गर्ने इच्छा भयो । उता केटाको पनि बाध्यता, सँगै लैजाओस् घरमा रोगी बाआमा एक्लै । बाआमालाई सेवा गर्न, सुख–सुविधा दिनका लागि बाआमाले खोजेकै केटीसँग विवाह गरेको । तर केटीले बुहार्तन गरेर घरमा बस्न मानिनँ ।’
‘त्यो त सबैलाई थाहा भएकै कुरा त हो । त्यसै कारण त उनीहरूको सम्बन्धविच्छेद भएको हो । त्यो कुन नौलो कुरा भयो र अचम्म मान्नुपर्ने ? आफूलाई कति बेला घरमा पानी पुर्याउँला र मिलमा जाउँला भन्ने आत्तुरी छ । यिनी भने कुरा चपाइ मात्र रहन्छिन् ।’ हतार भाव देखाउँदै जुरेली च्याँट्ठिइन् ।
‘सम्बन्धविच्छेद पछि निकिताले पनि लोकसेवा पास गरिछ । उसको पनि काठमाडौँमा जागिर भएछ ।’
‘ए, केटी त टाँठी रैछे नि । त्यस्ती केटी किन मान्थी बुहार्तन गरेर घरमा बस्न ?’ बिचमै प्वाक्क बोलिन् पण्डितनी ।
‘यो कुरा चाल पाएछन् रविनका अफिसका साथीहरूले । साथीहरूकै मिलेमतोमा उनीहरूको फेरि विवाह गरिदिएछन् । अहिले त सँगै पो छन् रे त !’ रुद्रघण्टीमा अड्किएर उकुसमुकुस भएको पुरै कुरा ओकलिन् साँइलीले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण