युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमण, ७ जनाको मृत्यु
कीएभ । पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् । “खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,” ओलेग सिनेगुबोभले टेलिग्रामको सामाजिक सञ्जालमा भने । मृतकमध्ये क्रमश : ७ र ४ बर्ष र छ महिनाका बालबालिका रहेका छन् ।
खार्किभका मेयर इगोर टेरेखोभले आक्रमणका कारण इन्धन केन्द्रमा विस्फोट हुँदा नजिकैका घरहरूमा क्षति हुँदा घरभित्र रहेका कम्तीमा ५० जनालाई सुरक्षित स्थानमा सारिएको बताए ।
’शत्रुको इरान निर्मित ड्रोनले पेट्रोल पम्पमा प्रहार गर्दा इन्धन विस्फोट भई १४ वटा निजी घरहरू जलेका छन्,” उनले भने । खार्किभका क्षेत्रीय अभियोजक ओलेक्सान्डर फिलाचकोभले खार्किभको नेमिश्ल्यान्स्की जिल्लामा तीनवटा ड्रोन प्रहार गरिएको बताए । खार्किभ र क्षेत्रीय राजधानीको पूर्वमा रहेको एउटा गाउँमा रातको समयमा भएको आक्रमणपछि शनिबार पनि आक्रमणहरू भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण