शाहरुख र सलमानबिच ‘मेगा भिडन्त’
मुम्बई । बलिउड निर्माता आदित्य चोपडा आफ्नो वाईआरएफ स्पाई युनिभर्सलाई अझ ठुलो बनाउने तयारीमा जुटेका छन् । वाईआरएफ स्पाई युनिभर्सको सुरुवात ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो, जसमा सलमान खान र कटरीना कैफले अभिनय गरेका थिए ।
स्पाई युनिभर्सले ‘एक था टाइगर(२०१२)’ र ‘टाइगर जिन्दा हे(२०१७)’ बाट सुरु गर्दै ‘वार(२०१९)’को सफलताले एउटा नयाँ उचाइमा पुर्यायो । त्यसपछि वाईआरएफ स्पाई युनिभर्सलाई अर्को उचाइमा पुर्याउन शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अलटाइम ब्लकबस्टर फिल्म ‘पठान’ले सहयोग गर्यो । जसमा सलमान खानले आफ्नो ‘टाइगर’ अवतारमा केमियो गरे ।
यसपछि स्पाई युनिभर्सको अर्को फिल्म ‘टाइगर ३’मा सलमान, कटरीना कैफ र इमरान हासमी प्रमुख भूमिकामा देखिए । अब भने आदित्य अलिक फरक ढङ्गले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउने तयारीमा लागि परेका छन् ।
आदित्यले वाईआरएफ स्पाई युनिभर्स फिल्मको कथा इन्टरकनेक्टिभिटीको सुरुवात ‘पठान’बाट गरे । जहाँ उनले जोनद्वारा निभाइएको खलनायक चरित्र ‘जिम’ फिल्म ‘वार’ फ्रेञ्चाइजीका ‘कविर’ चरित्र निभाउने ऋतिक रोशनसँग टिममा सँगै थिए भन्ने खुलासा गरेका थिए ।
‘पठान’मा टाइगर र पठानलाई पहिलोपटक स्क्रिनमा एकसाथ ल्याएर उनीहरु राम्रो साथी हुन् भन्ने देखाए । ‘पठान’ले पुनः ‘टाइगर ३’मा आफ्नो उपस्थिति देखायो र ऋतिकले पनि ईस्टर एग’मा आफ्नो उपस्थिति देखाउँदा ‘वार २’को आधार तयार पार्यो ।
अब भने आदित्यले दुई साथी, टाइगर र पठानबिच ‘चरम’ द्वन्द्व गराउँदै छन् । जसले एक फिल्मको बनाउने छ र दर्शकका लागि त्यो अप्रत्याशित हुनेछ । आदित्य टाइगर भर्सेस पठानको अनुहारलाई ‘चरम द्वन्द्व’मा परिणत गराउँदै वाईआरएफ स्पाई यूनिभर्सको टाइमलाइनमा एउटा नयाँ मोड दिन जाँदैछन् ।
‘आदित्य एक यस्तो फिल्मका साथ भारतका दुई ठूला फिल्म आइकन शाहरुख खान र सलमान खानबिच ‘मेगा भिडन्त’ गराउन चाहिरहेका छन् । जुन टाइगर भर्सेस पठानबिच हिंस्रक टकरावको अग्रदुत हुनेछ । उनी एक यस्तो फिल्म बनाउँदैछन्, जसले अन्तिम प्रदर्शन अघि वाईआरएफ स्पाई यूनिवर्सलाई एकापसमा जोड्नेछ’, आदित्य निकट स्रोतले भनेको छ ।
(बलिउड हंगामा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण