मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पुनरागमन गर्दै पीएसजीलाई ११ अङ्कको अग्रता

आइतबार, २८ माघ २०८०, ०९ : ११
आइतबार, २८ माघ २०८०

पेरिस । गोलले पछि परेको स्थिति उल्टाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेनले लिलमाथि ३–१ को जीत हासिल गरेको छ । जीतसँगै टोलीले लिग वानको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको हो ।

पार्क डेस प्रिन्सेसमा युसुफ याजिकीले लिललाई खेलको छैटौँ मिनेटमा अप्रत्याशित अग्रता दिलाएका थिए । तर, चा मिनेटपछि नै गोन्कालो रामोसले पीएसजीका लागि बराबरी गोल फर्काए ।

१७ औँ मिनेटमा लिलका डिफेन्डर अलेक्सान्ड्रोले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ८० औँ मिनेटमा रानान्डल कोलो मुनाईले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरे ।

खेलको अन्त्यतिर मार्को असेन्सियो र नोर्डी मुकेलेको प्रहारलाई लिलका गोलकिपरले उत्कृष्ट बचाऊ गरेका थिए । २१ खेलबाट पीएसजीको ५० अङ्क छ । एक खेल कम खेलेको निस ३९ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप