पुनरागमन गर्दै पीएसजीलाई ११ अङ्कको अग्रता
आइतबार, २८ माघ २०८०, ०९ : ११
पेरिस । गोलले पछि परेको स्थिति उल्टाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेनले लिलमाथि ३–१ को जीत हासिल गरेको छ । जीतसँगै टोलीले लिग वानको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको हो ।
पार्क डेस प्रिन्सेसमा युसुफ याजिकीले लिललाई खेलको छैटौँ मिनेटमा अप्रत्याशित अग्रता दिलाएका थिए । तर, चा मिनेटपछि नै गोन्कालो रामोसले पीएसजीका लागि बराबरी गोल फर्काए ।
१७ औँ मिनेटमा लिलका डिफेन्डर अलेक्सान्ड्रोले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ८० औँ मिनेटमा रानान्डल कोलो मुनाईले अर्को गोल थप्दे टोलीको जीत सुनिश्चित गरे ।
खेलको अन्त्यतिर मार्को असेन्सियो र नोर्डी मुकेलेको प्रहारलाई लिलका गोलकिपरले उत्कृष्ट बचाऊ गरेका थिए । २१ खेलबाट पीएसजीको ५० अङ्क छ । एक खेल कम खेलेको निस ३९ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण