नक्कली मदिरा कारोबार गर्ने मामा–भान्जा पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ । काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ । अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशपछि उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् ।
कारखाना सञ्चालक मध्येका सिन्धुली घर भएका २८ वर्षीय गौरव तामाङ ४० हजार धरौटीमा रिहा भएका छन् । पक्राउ गरेर अदालतमा उपस्थित गराइएका एक जना नाबालकलाई ‘जिम्मा जमानी’मा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।
आरोपीहरूले नेपाली र विदेशी ब्रान्डको नक्कली मदिरा तयार गरेर बेचेका हुन् । उनीहरूको कारखानाबाट प्रहरीले नेपाल ब्रान्डको मदिरा खुकुरी रम, गोल्डेन ओक, फाइटर र सिग्नेचर बरामद गरेको छ । नेपाली ब्रान्डको ‘सगुन’ नामको मदिरामा एक बोतल ब्ल्याक लेबल र चिनीको घोल मिसाएर उनीहरूले ३ बोतल ब्ल्याक लेबल तयार पार्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
-
नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालसहित ५ जना सङ्गठित ठगीको मतियार ठहर
-
एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन
-
भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी मुख्य योजनाकार, बालकृष्ण खाण मतियार
-
टोपबहादुरसहित ९ जनाले राज्यविरुद्धको कसुर गरेको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण