आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

आइतबार, २८ माघ २०८०, १२ : १२
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  राष्ट्रियसभा गृहमा बसेको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनः निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

 बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले  जानकारी दिए ।

maoist cc meeting (2)maoist cc meeting (1)maoist cc meeting (3)maoist cc meeting (4)maoist cc meeting (5)maoist cc meeting (6)maoist cc meeting (7)maoist cc meeting (8)maoist cc meeting (9)maoist cc meeting (10)maoist cc meeting (11)maoist cc meeting (12)maoist cc meeting (13)maoist cc meeting (14)maoist cc meeting (15)maoist cc meeting (16)maoist cc meeting (17)maoist cc meeting (18)maoist cc meeting (19)maoist cc meeting (20)maoist cc meeting (21)maoist cc meeting (22)maoist cc meeting (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप